काठमाडौँ —
सरकारले लकडाउनको अवधि वैशाख १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।
मंगलबार दिउसाे बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि १२ दिन लम्ब्याउदै बैशाख ३ बाट बैशाख १५ पुर्याउने निर्णय गरेको हो ।
हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १९,३४,१२५ पुगेको छ भने काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १,२०,४३७ पुगेकाे छ । नेपालमा भने काेराना संक्रमितकाे संख्या १६ पुगेकाे छ ।
#Lock-downTimeExceeded