छुटेका कुरा –
नेपाली मुलका ओमराज भअमेरिकामा बसेर अभिनय र नाटक लेखन क्षेत्रमा विष्य खाेजीरहेका छन् ।
करिब ६ वर्षदेखि अमेरीकी कला दुनियामा संघर्षरत ओमराज भर्खरै मात्र फ्रिजिद न्युयोर्क थिएटर फेष्टिवलमा आफ्नो एकल नाटक – १९५३ मार्फत, रेस फर समिटमा बेष्ट नाटक लेखनको मनोनयनमा पर्न सफल भएका छन् ।
१. तपाइलाई एक अभिनेता र लेखकको रूपमा भविष्य बनाउन के कुराले प्रेरित गर्यो ?
म हाम्रो देश नेपालको सांस्कृतिक विविधताबाट निकै प्रभावित भएको मान्छे हुँ । बाल्यकालमा गाउँमा हुने विविध नेपाली सांस्कृतिक क्रियाकलापहरुमा सहभागी हुन्थे । अभिनय र नृत्य मलाई मनदेखि मन मनपर्ने विधा रहेछ भन्ने आभाष भयो । यही अनुभुतिले मलाई मलाई एक अभिनेताको रूपमा भविष्य बनाउनमा प्रेरणा दिएको हो ।
२. यहाँसम्म प्रोत्साहन गर्ने तपाईको बाल्यकाल कस्तो थियो ?
म धादिङ्गको सानो गाउँमा जन्मिएको हो ।
गाउँमा टिभी, फिल्महरु हेर्न पाइएन । मैले आफू १० वर्ष भएपछि मात्रै टेलिभिजनको मुख देखेको हुँ । बिजुली नभएको गाउँमा टिभी भएन । बच्चामाा जे देखियो त्यसैमा समय विताईने भएकाले मेरो धेरै ध्यान पढाईमै केद्रित थियो । त्यहाँ भएका सृजनात्मक र कलात्मक कुराहरुले मेरो ध्यान तान्ने गथ्र्यो ।
जब मैले पहिलो पटक टेलिभिजनमा नाटक हेर्ने मौका पाएँ त्यसबेलै मलाई आभाष भयो यो मेरो क्षेत्र हो । अब म अभिनेता बन्छु । मेरो यो अन्तरात्माको इच्छा आज १५ बर्ष पछि पनि उही गतीमा छ । परिवर्तन भएको छैन्। यिनै चाहनाले मलाई धेरै नयाँनयाँ सिपहरु सिक्न उर्जा दिहिरह्यो । मानिसहरुलाई बुज्न उनिहरु सँग नजिक हुन सिकायो । आज अमेरीकामा आएर नाटकमानै स्नातक अध्ययन गर्ने अवस्थासम्म ल्याइपुर्यायो । साच्चै जीवन जिउन कला पनि यसैले सिकायो ।
३. धादिङको साधारण विद्यालयदेखि अमेरिककासम्मको यात्रालाई छोटकरीमा बताईदिनुस न ।
मेरो वाल्यकालदेखि नै अभिनयमा निकै रुचि थियो । तर बाध्यताले ब्यवसायिक शिक्षामा संलग्न थिएँ । त्रिभुवन विश्वविद्यालयबाट उन्नाइस वर्षमै व्यावासायिक प्रबन्धन डिग्रीबाट स्नातक गरेको थिएँ । नेपालमा एक त अभिनयसँग सम्बन्धित स्तरीय स्कुल कलेजहरुको अभाव देखिन्छ । अर्को कुरा भनेको अभिभावकलाई पनि औपचारिक अध्ययन पूरा गरेपछि मात्रै अभिनयमा लागोस भन्ने थियो । शैक्षिक योग्यता बढाउनु मेरो आमाबुवाहरूको इच्छा थियो । किनभने उहाँहरुले शिक्षाको अवसर प्राप्त गर्नुभएन । अंग्रेजी स्कूल पढ्ने र अभिनेता बन्ने घुर्की लगाएर १४ वर्षकै उमेरमा म एक्लै काठमाडौ छिरें । त्यति सानो उमेरमा काठमाडौं जस्तो शहरमा त्यती सजिलो थिएन । मैले फिल्माका प्रभावशाली अभिनेताहरुले अंग्रेजीमा अन्तवार्ता दिएको देखेर मलाई पनि अंग्रेजी स्कूलमा पढ्ने हुटहुटी पलाएको थियो । मलाई उनिहरु जस्तै बन्नु थियो । सरकारी विद्यालय पढेको मेरो लागि अंग्रेजी भनेको तेस्रो भाषा थियो । मैले त कक्षा १० सम्म सरकारी विद्यालयमै पढेको हो । काठमाडौं आएपछि मैले मेरो पढाई र थिएटर संगसँगै लगें । र, त्यसको ६ वर्षपछि मैले ए नाइट विथ माओू नामक अंग्रेजी नाटकमा आवद्ध हुने मौका पाएँ । जुन नाटक पछि भारतको शांतिपुरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सवका लागि चयन भयो । त्यो थियेटर फेस्टिवलमा विभिन्न देशका प्रस्तुतिहरु नियाल्ने मौका पनि पाएँ । सोही अवसरहरुकै कारणहरुले मैले अन्तर्राष्ट्रि«य रंगमञ्चको पछि लाग्न हौसला मिलेको हो । मेरो मनमा कलाको आगो वलिसकेको थियो । मैले आफूलाई रोक्न सक्ने अवस्था थिएन । म विस्तारै संयुक्त राज्य अमेरिका गएँ । नाटकको शिद्धान्तमा डिग्री लिदा त्यसले मेरो कला र ज्ञानलाई अर्को स्तरमा पुर्याउन सक्छ भनेर म उता हानिएको थिएँ । त्यसबेला नेपालमा राम्रो नाटक पढाउने स्कूलहरु थिएनन् । यही सपनालाई पछ्याउँदा आज मसँग दुई फरक देश, दुई फरक विश्वविद्यालयका दुई डिग्री छन्।
४. यो कोरोनाको महामारिको अप्ठेरो समयमा तपाईंले कसरी आफ्नो काम जारी राखिरहनु भएको छ त ?
मलाई अप्ठेरो भनिएको समय खासै अप्ठेरो लाग्दैन । समस्या, कठिनाहीबाटै सिर्जनाको जन्म हुन्छ भन्ने कुरामा मलाई विश्वास लाग्छ । न्यूयोर्कको दौडधुप अनि चार वर्षे नाटक अध्ययन पछि बल्लबल्ल मैले सास फेर्न पाएको र आफ़ुसँगह नजिक हुन पाएको छु । वास्तवमै यो मेरो लागि स्वर्ण समय थियो।
म एउटा नयाँ चरित्र लेख्न चाहन्थे, जुन मैले सोचेको जस्तो होस् । र, म नाटक लेख्ने कार्यशालामा पनि थिएँ तर राम्रो काम गर्नलाई पर्याप्त समय थिएन् । मैले यस महामारीलाई पुस्तकहरू पढ्ने र आफ्नै प्रोजेक्ट लेख्ने अवसरको रूपमा लिएँ । यही कारणले गर्दा मैले लेख्न र मेरो एकल नाटक प्रतुती गर्न, नाटक उत्सवहरूमा आफ्ना कला पेश गर्न पाएँ । र, अन्तत बहुभाषी थियटर महोत्सवमा भाग लिन सफल भएँ । यदी मैले आफूसँग नजिक हुन नसकेको भए, मेरो प्रारम्भिक क्यारियरमै मैले आफ्नो एकल नाटक सिर्जना गर्न सक्ने थिइन होला । यो समय मलाई यही महामारिले दियो।
वास्तवमै आफ्नै एकल सिर्जना गर्न र प्रदर्शन गर्नु सजिलो यात्रा हैन । यसका लागि धेरै समय, समर्पण र रचनात्मकता चाहिन्छ । कहिले काही गरेको दुःखको पनि राम्रो प्रतिक्रिया नआउन सक्छ । तर, कलाकारले मेहनत गर्न छोड्न भएन, आफैसँग इमान्दार हुन छोड्नु भएन भन्ने मेरो मुल आशय हो ।
५. तपाईंले तेन्जिंग नोर्गे र पर्वतारोहणको बारेमा एकल थियेटर शो पनि सिर्जना गर्नुभएको थियो । यो तपाईंको लागि एकदम विशेष पनि रहेको जानकारीमा आएको छ । यो कथा अमेरिकी श्रोताको लागि किन रोचक भयो ?
सबैभन्दा पहिले म एउटा कथा लेख्न चाहान्थे जुन मलाई थाहा छ । र, त्यसमा केही अद्वितीय कथा र सिर्जना शैली होस मेरो त्यसमा ध्यान थियो । मैले लेखेको यो कथा सामग्रीसँग मेरो आफ्नो व्यक्तिगत सम्बन्ध छ । मेरो घर पनि पहाडी भुभाग मै पर्छ । तेन्जिंगनोर्गे पर्वतारोहण क्षेत्रमा अग्रणी व्यक्तित्व हुन् र हामी त्यहि देशका हौं। मलाई लाग्छ यो त्यो युग हो जहाँ केवल दर्शकले मात्र होइन मनोरञ्जन उद्योगहरूले पनि अमेरिकाको मुख्यधारमा विविधता र विभिन्न मानिसहरूलाई स्वागत गरिरहेका छन्। र, म त्यो इतिहासको एक हिस्सा बन्न चाहन्छु। म हाम्रो विविधतालाई अन्तर्राष्ट्रि«य प्लेटफर्ममा ल्याउन चाहान्छु । किनकि त्यस्तो कथालाई त्यती मुख्य धारमा देखिएको जस्तो लाग्दैन । हाम्रो आफ्नै सानो देशमा पनि अनेकता छ । र पनि हामी मिलेर बस्छौ । मैले नाटक लेख्नुको आशय मेरो कथाले मान्छेको अन्तरआत्मालाई वास्तविकतालाई छुने हिम्मत गरोस ।
६. त्यसो भए तपाईको आउँदो नाटक अथवा अरु योजनाहरु के के छन् ?
मेरा धेरै योजनाहरु छन् । महामारीको कारणले धेरै कामहरु गर्न सकिएन र सार्नुपरेको छ । मेरो एकल नाटक आगामी समरमा ून्यू योर्क थिएटर फेस्टिवल २०२१ू मा प्रदर्सन गर्ने अवसर पाएको छु । थिएटर फर न्यु सिटीमा अर्को पनि एकल नाटक लियर जाँदै छु । त्यसपछि पनि हाम्रो समुहबाट हामी एउटा छोटो फिल्म टुथ अर डेयर गर्दैछौं । जुन म आफैले लेखेको हुँ । अर्को फिचर फिल्ममा मर्रिअगे चेर्तिफिचते को कथामा पनि काम गरिरहेका छौ । यसको प्रमुख भूमिका साथै लेखन पनि आफैले गर्दैछु। त्यहाँ अन्य नाटकहरू छन् तर यो महामारीको कारणले प्रदर्शन मितिहरू तोकिएको छैनन्।
७. एक अभिनेता र लेखकको रूपमा तपाई आफूलाई कहाँ पाउनुहुन्छ ?
अभिनय र लेखन एकअर्कासग धेरै समानता छ। लेखनमा अभिनय पनि शामिल छ भन्ने हामीले विर्सन हुँदैन् । लेखननै अभिनय हो। डान्स र फाइटको ज्ञान भएकाले पनि मलाई यी सबै कुराहरु बुझ्न झन सजिलो भएको छ ।
८. अबको १० वर्षपछि तपाई आफूलाई १० कुन ठाउँमा देख्न चाहानुहुन्छ ?
स्पष्टरुपमा भन्दा – ब्यवसायिकरुपमा म आफूलाई यही क्षेत्रमा हुनेछु । मैले गर्न चाहेको केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै प्रोजेक्टहरू मसँग छन् । यही क्षेत्रमा आफ्नो कलाको माध्यमबाट विविधता ल्याउन चाहन्छु ताकि म पछि अरु धेरैको लागि नयाँ अवसरका ढोका खोल्न सकूँ। व्यक्तिगत रूपमा, म एक जिम्मेवार मानव बन्न चाहन्छु। मलाई लाग्छ हाम्रो समाजमा हामीले अझ राम्रो भूमिका खेल्नु पर्छ। एक राम्रो अभिनेता वा लेखक हुनु मात्रै एक राम्रो व्यक्ति हुनु होइन। अबको १० बर्ष पछि, मेरा हिमालसँग सम्बन्धित कार्यक्रमहरु सँगै नेपालमै विपन्न वर्गका बालबालिकासम्मका लागि कला विद्यालय खोल्ने छु । ताकि उनीहरूले यो क्षेत्रका सम्भावना बाट बञ्चित हुन नपरोस् ।