२२ चैत २०८१ , शनिबार

घर बसे भोकमरी , बाहिर गए महामारी !

काेराेना कहर
साैरभ सापकाेटा

मेरो आमालाई अस्पतालले लिएन !  अस्पतालमा न त  अक्सिजन छ न बेड नै ! यस्तो अवस्थामा म कसलाई गुहारौं ?

यो मैले एक भिडियोमा सुनेको र देखेको दृश्य हो । हाम्राे छिमेकी भारतमा माहामारीले हाहाकार मच्चाएको छ । एकातिर मान्छेको उपचार भै रहेको छ भने अर्को तिर मान्छेको दाहसंस्कार चलिरहेको छ । याे कारूणिक अवस्था देख्दा जसकाे मन पनि पग्लिन्छ । तर याे अवस्था हामीबाट पनि धेरै टाढा भने छैन् ।

कोरानाबाट मुक्त भयौं भन्ने भारत आज आफैं संकटमा ! तीन लाख बत्तिस हजार केश एकै दिनमा । निकै भयंकर बन्दै गएको कोराना आज नियन्त्रणबाट बाहिर छ । संसारलाई नै सबै भन्दा बढी खोप बितरण गर्ने भारत आज आफैं खोप बिहिन , औषधि बिहिन , अक्सिजन बिहिन र अस्पतालमा बेड बिहिन बनेको छ । भारतले त्यत्रो जनसंख्या मध्ये केवल १%भन्दा बढीलाइ खाेप बितरण गर्न सकेकाे छैन् । यस्ता समचार यत्रतत्र देखिन्छन ।

साैरभ सापकाेटा

सोच्नुहोस् त , अब के होला  भारतको हालत ?

त्यसो त भारतकै लापरबाहिले याे गति  भएको हो भन्नेमा कुनै दुईमत छैन । कोरानाको डर हुँदा हुँदै आखिर किन गरे चुनाव ? किन गरे बिशाल आमसभा र जुलुश ? किन गरे त्यत्रो झुन्डमा कुम्भ मेला ?

सावधानी नअपनाए यसले उठिबास लगाँउछ भन्ने कुरा सबैलाइ थाहै छ । थाहा भए पनि व्यवहारमा सतर्कता देखिदैन । जसकारण आज यो दुर्गती हुन पुगेको छ । अझै के के हुने हाे भनेर कल्पना गर्नै गाह्राे छ ।

भारतकाे दयनिय अवस्था सुन्दा मेरि हजुरआमा भन्नूहुन्छ – म त्यसै त कमजाेर भैसकेकाे छु । कसरी लड्न सक्नु याे भाइरससँग ? कहिल्यै नदेखेकाे कुरा भाेग्नुपर्याे ।  मलाई त डरमात्रै लागेकाे छ ।

हजुरआमा मात्रै हैन, मेरो भाइको मस्तिष्कमा पनि यसकाे असर देखिन थालेकाे छ ।

कोराना (कोभिड-१९)को पहिलाे लहर बाट बाचेकाे अनुभुती  गर्न पनि नपाइ फेरि अर्को नयाँ र डरलाग्दो भेरिएन्ट सृजना हुँदा  मेरो मामुको मानशिकतामा चिन्ताजनक कुराहरु खेली रहेको छ । कतै म तल माथी परे भने घरको हाल के होला ? भनेर अनेकौं प्रश्न मेरो मामुको मन भित्र उकुस मुकुस भएर गुम्सिएका छन्  ।

त्यस्तै मेरो बुवाको मनमा पनि त्यतिकै चिन्ता छ । घर बसे भोकमरी , बाहिर गए माहामारी ! कमाउने बाटो नै नभएपछि आफू कसरी बाच्ने ? र, कसरी पाल्ने परिवार ?

निकै कठिन परिस्थितिमा हामी गुज्रिएका छौं । यो समस्या यो एक परिवारको मात्रै हैन ।  देशको समस्या पनि  हो  । समग्र बिश्वको समस्या हो ! हामीले पछिल्लो लकडाउन अर्थात् निषेधाज्ञाबाट धेरै पाठ सिक्न सक्छौ । अस्तब्यस्त, लथालिङ्ग भएको मान्छेकाे जीवन यीनै आँखाले प्रत्यक्ष देखेका छन्  । फेरि यस्तो दुःख देख्न  नपरोस्  भनेर भगवानसंग लाख प्रार्थना गरि रहेका छाै । प्राथानाले नियन्त्रण नहुने कुरा पनि प्रष्टै भइसकेकाे छ ।

जे हाेस यत्रतत्र काेराेनानै “टल्क अफ दि  टाउन “ बनेको छ !

हामी भन्दा सुखी सम्पन्न राष्ट्र भारत आज गुहार माग्दैछ । झन हाम्रो हालत के होला ?  बेलैमा सोचौं ।  नत्र भने त हाम्रोमा लास गाड्ने ठाउँ नै हुँदैन । उपचार दिने डाक्टर हुदैनन् ! म त सोच्न पनि सक्दिनँ ।

कोरानाले धनी र गरिब छुट्टाउदैन । नत्र त नेपालका राजा भइसकेकाे मान्छेलाई कसरी लाग्थ्याे ?

जस्ले लापरबाही गर्छ , त्यसलाई लाग्छ कोराना । याे कुरा प्रष्ट छ ।

यो जटिल अवस्था नियन्त्रणाका लागि हामी सबैकाे भूमिका रहन्छ । त्याे भन्दा धेरै राज्यको भुमिका रहन्छ । सरकार हाम्रो राष्ट्रको अभिभावक हो । जनताकाे सुरक्षा उसकाे कर्तव्य हो । याे कर्तव्य पालन भएकाे तपाइले अनुभुति गर्न पाउनु भएकाे छ ?

अनि आफैले पनि आफ्नो कर्तव्य पुरा गरेको जस्तो लाग्दैछ ? कि छैन ? एउटाले मात्रै गरेर याे समस्या समाधान हुने छाटकाट छैन । एउटाकाे गल्तीकाे सजाय सबैले भाेग्नुपर्ने भएकाले  पनि एक आपसमा दोष नदिइ याे माहामारीलाइर् तह लगाउनै पर्नेछ ।

समस्यामा परेकालाइ सकेजती सहयाेग गराैं आफू पनि बाचाैं अरुलाई पनि बचाऔं।

सरकारको निर्देशन पूर्ण रुपले पालना गरौँ,
कोरानाबाट आफ्नो अनि सबैको ज्यान जोगाऔं।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *