छुटेका कुरा –
चिसो बढिरहेको छ । सँगै विद्यालय, कलेजहरु जाडोे विदामा जाँदै छन् । पक्कै पनि विद्यार्थी तथा अभिभावकहरु आफ्ना छोराछोरीहरुको यो समयलाई कसरी हुन्छ फलदायी बनाउने सोच्दै हुनुहुन्छ होला ! त्यसो हो भने तपाँइहरुको यो चिन्ताको समाधान लिएर आएको छ शिल्पशाला, कुञ्ज नाटकघर ।
विद्यार्थीहरुको विदाको समयलाई सदुपयोग गरी नाटक, कला तथा साहित्यका विविध विधाका स्तरिय कक्षाहरुमार्फत आधारभूत ज्ञान तथा शिप उपलब्ध गराई उनीहरुको ब्यक्तित्व तथा बृति विकास (personal and career development) मा टेवा पु¥याउने उद्देश्यले विविध कार्यक्रमहरु सञ्चालन भैरहेका छन्, हुँदै छन् ।
कुञ्ज नाटकघर लामो समयदेखि कला तथा साहित्यका विभिन्न विधामा प्रत्यक्ष तथा परोक्ष रुपमा काम गर्दै आइरहेको छ । शिल्पशालासँगै नाटक तथा अभिनयका विभिन्न कक्षा, कार्यशाला, नाटक लेखन तथा फिल्म, सङ्गीत, पेन्टिङ, योग, ध्यान, साउण्ड÷कला हिलिङ लगायतका विषयहरु जोडिएका छन् ।
राजधानीमा रहेका विद्यार्थीहरु केही सिक्न खोजिरहहेको हुन्छन् तर कहाँ, के सिक्ने भन्ने कुरामा अन्यौलता रहेको पाइन्छ । उचित मूल्यमा भरपर्दा कक्षाहरु छनोट गर्न त्यति सजिलो पनि छैन ।
यही पुष २० गते अडिसन हुने गरी अभिनय तथा नाटकको डिप्लोमा र आधारभूत कक्षाका लागि राजधानीको मुटु बानेश्वर थापागाउँस्थित कुञ्ज नाटकघर, शिल्पशालाले आवेदन आह्वान गरेको छ ।
राजधानी तथा मोफसलमा सञ्चालित नाटकघरहरुमा आवद्ध भएर लामो समयदेखि रङ्गमञ्च, नाटक तथा अभिनयमा लाग्नुभएका वरिष्ठ रङ्गकर्मीहरु, फिल्म लेखक, निर्देशक, कलाकार तथा विश्वविद्यालयहरुमा नाटक अध्ययन अध्यापन तथा अनुसन्धान गरिरहनुभएका प्रोफेसरहरुको समुहद्वारा सैद्वान्तिक तथा प्रयोगात्मक कक्षाहरु दिइने तथा कक्षा पुरा भएपछि प्रशिक्षार्थीहरुलाई थियटर प्रोडक्सनको अनुभव पनि दिलाइने छ ।
विशेष गरि आधारभूत थिएटर कक्षा लिइसक्नुभएकालाई चार महिने डिप्लोमा र पहिलोपटक कक्षा लिन चाहानेहरुका लागि तीन महिने आधारभूत अभिनयका कक्षाहरु सञ्चालन गरिनेछन् ।
डिप्लोमा कोर्षमा एड्भान्स थिएटर अभिनय कलाका साथै क्यामेरा अभिनयको कक्षा पनि निश्चित पाठ्यक्रममा आधारित भएर दिइनेछ । यो कक्षा छोटो समयका बेसिक अभिनय कक्षा लिएका तर आफै काम गर्न सक्ने क्षमता विकास नभएकाहरुमा विशेष लक्षित छ । कक्षाले विद्यार्थीहरुमा व्यवहारिक सीप र फिल्डमा गएर काम गर्ने आत्मविश्वास भर्ने कुरा शिल्पशालाका निर्देशक कैलाशले बताए ।
सीमित सिट भएकाले रङ्गमञ्चिय, तथा क्यामेरा अभिनयमा रुचि हुनेहरुले समयमै आवेदन दिएर अडिसनमा सहभागी हुन सक्नेछन् ।
शिक्षा र अभिनयलाई जोड्ने उद्देश्यले शिल्पशालाले हरेक शनिवार विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क अभिनय कार्यशाला पनि सञ्चालन गरिरहेको छ । यसका साथसाथै सङ्गीतमा रुचि हुनेहरुका लागि संगितका कक्षाहरु पनि सञ्चालन भइरहेका छन् । त्यसैगरी विद्यार्थीहरुको चिसो विदालाई सदुपयोग गर्दै उनीहरुलाई सङ्गीत, नृत्य, शिर्जनात्मक लेखन, नाटक, पब्लिक स्पिकिङ, चित्रकला, योग तथा ध्यान आदिलाई समेटेर कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरुका लागि विन्टर क्याम्पको आयोजना पनि गरिँदै छ ।
त्यसैगरी, शिल्पशालाले द योगागुरु इन्टरनेशनल( जततउकस्ररतथनथयनब।अयmर) सँगको सहकार्यमा योग, ध्यान तथा साउण्ड हिलिङका कार्यशाला र टिचर्स ट्रेनिङहरु सञ्चालनको तयारी पनि पुरा गरेको छ । द योगागुरु भारतहुँदै विश्वभरी फैलिएको नेपालीद्वारा सञ्चालित योग स्कुल हो ।
शिल्पशालाद्वारा कुञ्ज नाटक घरमा सञ्चालित कार्यशाला तथा कक्षाहरु ः
१. निशुल्क अभिनय कक्षा, विद्यालयका विद्याथीहरुलाई – प्रत्येक हप्ता शनिबार
२. संगीत कक्षा – हप्तामा दुई दिन
३. अभिनय डिप्लोमा – ४ महिने
४. अभिनय बेसिक – ३ महिने
५. फिल्म तथा लेखन कार्यशाला
६. विन्टर क्याम्प – एक हप्ते
७. द योगागुरु(https://tygyoga.com) सँगको सहकार्यमा योग–ध्यान, सिङगिङ बाउल कार्यशाला तथा टिचर्स ट्रेनिङ