काठमाडौं ।
माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरिने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारबाट आधारभूत र माध्यामिक तहका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसपछि मन्त्रालयले भोलीबाट विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण तिब्र रुपमा बढेकाले देशैभर पुष २७ गतेदेखि माघ १५ सम्मका लागि विद्यालय बन्द गरिने निर्णय गरिएको हो ।
ओमिक्रोन भेरियन्टको पुष्टी भएका कारण विद्यार्थिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ताले जानकारी गराएका छन् । विद्यालयले दिने बार्षिक विदामा मिलान गर्नेगरी उक्त विदा दिएको मन्त्रालयले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै उक्त विदाको अवधिमा मन्त्रालयले १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थिहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह समेत गरेको छ ।
विद्यालय बन्द भएपनि विश्वविद्यालयका पुर्वनिर्धारित परिक्षाहरु भने संचालन हुने भएका छन् ।
साथै स्वास्थ्य सुरुक्षाका मापदण्ड पालना गर्दै पुर्वनिर्धारित सेमेष्टर र बार्षिक परिक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।
Ohooo ohooo😪
Majja
good .
Good