०९ फागुन २०८० , बुधबार

अमर न्यौपानेरा लिखित गुलाबी उमेर उपन्यासको पोडकाष्ट सुन्नुहोस ।

यो उपन्यासले १३ देखि १९ वर्षे किशोर अबस्थामा अनुभव हुने शारीरिक र मानसिक परिवर्तनको गम्भिर कथा बोकेको छ ।
लेखकको बारेमा कुरा गर्दा उनि वि.सं. २०३४ सालमा चितवन जिल्लाको रंगीला भन्ने स्थानमा जन्मिएका हुन् ।
उनको पहिलो कृति पानीको घाम नामक उपन्यास वि.सं. २०६६ मा प्रकाशित भएको थियो । यस कृतिले २०६६ सालको पद्मश्री साहित्य सम्मान प्राप्त गर्यो ।
अर्को उपन्यास सेतो धरतीले वि.सं. २०६८ सालको मदन पुरस्कार प्राप्त गरेपछि उनको चर्चा एकाएक चुलियो ।
आउनुस एकछिन गुलावी उमेरमा हराउ ।