१७ मङि्सर २०८१ , सोमबार

अभिभाबक विहिन बनेका बालबालिकालाई सहयाेग – बिशाल ग्रुपद्वारा स्वदेशी लघुवित्त मार्फत

बालबालिकालाई सहयाेग

छुटेका कुरा – 

मोरङको सुन्दरहरैचा – १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीले आत्माहत्याको बाटो रोजेपछि अभिभावक विहिन बनेका बालबालिकालाई बिशाल ग्रुपद्वारा स्वदेशी लघुवित्त मार्फत  सहयाेग गरेकाे छ ।

संस्थाका तर्फबाट क्षेत्रीय इलाका प्रमुख प्रतिक पाण्डे र बेलबारी शाखा प्रमुख मिना विष्ट गत आईतबार सोहि ठाउँमा पुगी रु १०,००० बराबरको खाद्यन सामाग्री तथा लत्ताकपडा हस्तानतरण गरेका हुन ।

“सानाे सहयाेगले पनि उनिहरूकाे मुहारमा ठूलाे खुसी देखियाे “ प्रतिक पाण्डेले भन्नुभयाे ।

दर्जी केही महिना अघिसम्म ठेला चलाउँथे ।  ठेला बेचेर मजदुरीको काम सुरु गरेका उनको काम लकडाउनले रोक्यो । आर्थिक अवस्था कमजोर भएका कारण भोकमारी सहन नसकेर आत्महत्याको बाटो रोजेको हुनसक्ने स्थानियहरू बताउँछन् ।

यसरी अशोकले आत्महत्या गरेपछि १७ र १५ वर्षकी दुई छोरीहरू र १३ वर्षका एक छोराको बिचल्ली भएको छ । उनिहरूकाे भविष्य अन्याैल बनेकाे छ । जेठी छोरीको भने विवाह भइसकेको जनाईएकाे छ ।

याे विषम परिस्थितिमा आइर्लागेकाे विपतसँग लड्न सक्नेले सहयाेग गराैं । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *