छुटेका कुरा-
कैलाश कुमार कार्कीबाट रचना गरिएकाे याे कविता रेणुका आचार्यले वाचन गर्नुभएकाे हाे ।
विभेद
शुसान्त तिमी कहाँबाट आएको ?
छोरी सीता तिमी अर्काको घर जाने जात तिमीले किन धेरै पढ्नु पर्यो ?
नीसा तिम्रो उचाई कति हो ?
नवराज तिम्रो थर के हो ?
हर्कवहादुर तिमी सरकारी स्कूलबाट आएको भन्दैछौ
, अंग्रेजी राम्रो छ त?
मुल विर्सीएका पाखण्डीहरू, फरक घर र थर भएकाहरलाइ नानाथरी प्रश्नले घोच्छन ।
आफैंले आफंैलाई आफूभन्दा ठूलो, सर्वश्रेष्ठ उपाधीको पगरी भिराएर
अंग्रेजी लयमा विदेशी राष्ट्रगान गाउँछन् सुगाहरु, सुन्नु भो ?
न्यायिक आँखा बालखैमा बन्द भएपछि,
भ्रम सिर्जना गर्ने तिनका खेतिहरुलाई बन्द गर्ने आट कस्ले गर्यो र?
म आफू भित्रको सुन्दरतामा डुबेको बेला…
कहिले सोध्न सकें र ?
सुन्दरसुन्दरी छुट्याउने भ्रमात्मक प्रतियोगीताहरु बन्द किन हुँदैनन् ?
मान्छेका विग्रेको तराजु जस्ता आँखा बन्द किन हुँदैनन् ?
तिम्रा तराजुले मेरो हृदयको उचाई र भावनाको गहिराई किन नाप्न सकेनन् ?
हो म पूर्वको पिछडीएको गाउँबाट आएको शुसान्त हुँ ।
मेरो आगमनले तिम्रा दुई पैताला अड्याउन अफ्ठेरो भए भन्,
तिम्रो अधिकार छिनेको अभियोगमा…
मेरो शरिर आकाशमा झुण्ड्याएर मेरा पैताला हावामै राखिदिनेछु, सदा सदाका लागि
हो म अर्काको घर पठाइने चलन चलेको समाजकी छोरी हुँ, तर पनि म मान्छे हुँ ।
हो बुवा म छोरी हुँ तर कमजोर हैन् ।
छोरी पढ्नै हुदैन भन्ने पाखण्डी सोचहरुलाई बदल्न र हामी जन्मदै कमजोर हैनौंै भनेर प्रमाणित गर्न मैले पढ्नुछ ।
हो म उत्तरको राईगाउँबाट आएकी नीसा हुँ ।
मेरो आकार र सपना सानो छ, म निदाउँदा केही इन्च मेरो चिहानबाट उव्रिए तिमीले नै लिनु
तिम्रो अग्लो शरिरको भारी सहजै बिसाउनु
तिमी पनि त एकदिन निदाउनुनै छ शुन्यतामा…
हो म पनि नेपालीमा अंग्रेजी पढाउँने सरकारी विद्यालयबाट आएको हर्कबहादुर हँु
मेरो हृदय न्यायप्रेम र मानबताले भरिएको छ, तर अंग्रेजीमा मन दुखेको कुरा फरर भन्न सकिन
दलालहरुले संप्रभुता किन्न ल्याएको मिसनमा म भन्दा पहिले तिम्ले नै जागीर खाएका छौं ।
म हेर्न नसक्ने, बोल्न नसक्ने कमजोर जस्तो सुन्दर भएकैले तिम्रा गल्ती पनि सम्माननिय भइरहेका छन् र मेरा सद्गुण कमजोरी भइरहेका छन् ।
यसरी म मैसँग बाच्न राम्रो गर्ने प्रयास गर्छुु, त्यसरी उ मेरो कमजोरी केलाउदै कसैको इसारामा मलार्इ पासो हाल्ने काम गर्दैछ ।
म बाच्ने प्रयास गरिरहेको छु, उ मलाई मार्ने प्रयास गरिरहेको छ ।
यसरी उसले के पाउँछ ? यसरी कसले के पाउछ ?
अनि न्याय निसाफ दिने कुर्सिमा बस्नु भएको कुम्भकर्ण सरकार
मलाइ न्याय कस्ले दिन्छ र?
मलाई कानूनले न्याय नदिएको या तपाईले ?
यो समाजमा कैले देखी हामी समान रुपले बाच्न पाउँछौ ?
#BreakTheChain
#PoemRecitation