दादा आज घरमा तँ र म मात्रै छौ, म तलाई चा-चाडो खाना बनाईदिन्छु अनि ऋतुकोमा जान्छु है। किन जानु पर्यो अर्काकाे घर ? मैले सोधे। प्लिज दादा, नाई नभन्न् भोली बिहानै आईहाल्छु के ! पर्दैन राति-राती बाहिर बस्नेगरी जान–बाबा मामुले कतै जान नदिनु भन्नु भएको सुनिनस ? उ अध्यारो मुख बनाउदै सुक-सुक गर्न थाली । मलाई फेरि साथीले मिसकल गर्छ, म निस्किएँ ।
मलाई साथीले भने अनुसार नाटकको नाम “योनिका कथाहरु” हो। पक्कै पनि नाटकको बिच-बिचमा कतै न कतै लाईभ योनिकाे दर्शन गर्न पाईन्छ होला भनेर म एक्साईटेड छु । यस्तै-यस्तै स्वर-कल्पनासँगै म कौशि नाटकघर पुगें। त्यहाँ पनि योनि हुनेहरुकै संख्या धेरै देखें तर लिङ्गहरुको उपस्थिती पनि कम थिएन। खै किन, कसरी आईपुगेका थिए !
म नाटकघर छिरेः नाटकभित्र छिरे।
प्राईभेट ईज पोलिटिकल
ब्रोसरम ठुलो अक्षरमा प्राईभेट इज पोलिटिकल र त्यसको तल अलि सानो अक्षरमा भेजाइना मोनोलोग ४.0 लेखिएको छ। प्राईभेट ईज पोलिटिकल अथवा पर्सनल ईज पोलिटिकल भन्ने फ्रेज १९६० को उत्तरार्धबाट प्रयोगमा आएको बहसको महत्वपूर्ण एक विषय हो। यो बिस्तारै बिध्यार्थी आन्दोलन तथा दोश्रो चरणका(त्यो समयका) महिलाबादिहरुको समान विश्वास बोकेको नारा भयो। यो फ्रेज अमेरिकी फिमिनिष्ट क्यारोल हानिसले पहिलो पटक उनको पुस्तक “ The personal is political” भन्ने निबन्धमा लेखेकी थिईन। त्यसपछि यो फ्रेज निकै प्रसिद्ध भयो। उनको यो निबन्ध पुरुषको शक्ति र महिला उत्पिडनको बारेमा थियो। यसमा महिलाको व्यक्तिगत अनुभव पनि सामाजिक संरचना र असमानताको परिणाम हो भनिएको छ। अझ स्पष्टरुपमा भन्दा महिलाहरुको व्यत्तिगत समस्याहरु सबै राजनैतिक समस्या हुन भनिएको छ। किनभने महिलाहरु ती समस्याहरु व्यत्तिगत हिसाबलेमात्रै समाधान गर्न सक्दैनन् बरु यसका लागि समग्र सामाजिक परिबर्तननै आवश्यक छ।
भेजाईना मोनोलग
भेजाईना मोनोलगको बारेमा कुरा गर्दा, यो एउटा लामो ईतिहास बोकको नाटक हो। यो नाटकलाई ईभ एन्सलरले लेखेकी हुन । जसलाई न्युयोर्कमा १९९६ मा पहिलो पटक प्रदर्शनमा ल्याईयो। त्यसपछिका बर्षहरुमा निरन्तरता दिईयो। यो नाटकले नाटक भन्दा माथी उठेर एउटा गजबको अभियानको रुपमा काम गर्दै गर्दा धेरैको प्रसंशा तथा सम्मान पायो। यो, यसले पार्दै गएको देखिनसक्ने ‘ईम्प्याकट’को परिणाम थियो। यो यतिमा मात्र सिमित भएन । विस्तारै विस्वका अन्य मुलुकका रंगकर्मीहरुले पनि यसलाई समय सापेक्ष, सादर्भिक र आफू अनुकुल बनाउदै आफ्ना मुलुकमा सुरु गर्न थाले।
नेपालमा भेजाईना मोनोलग
यहीअभियानको निरन्तरताको रुपमा यो काम नेपालमा पनि आजभन्दा चार बर्ष अगाडीबाट सुरु गरियो। चौथो पटक देखाईएको “भेजाईना मनोलग-४” हेर्न आज म पनि आईपुगेको छु।
नाटक सुरु भयो, तिन वटि केटिहरु योनिका कथाहरु भन्ने आँट बटुलेर आएँ। यस्तो लाग्छ उनिहरुलाई योनिको चिन्ता छ। सुरुवातमा उनीहरुले संसारभरि योनिलाई के-के नामले बोलाईन्छ भनेर सुनाउन थाल्छन्। फरक-फरक नामहरु। जसरी आमाको नाममा म, मा ‘साउण्ड’ आउछ, भेजाईनामा त्यस्तो समानता भेटिएन । बरु नामहरु रमाईला र हासउठ्दा लाग्छन् । यो सुनिरहँदा मैले नेपालीमा योनिका लागि सधै भनिने पु* लगाएतका केही मौलिक शब्दहरु भन्न छुटाएको अथवा भन्न डराएको पाएँ। के महिलाहरु अन्य कुराहरुमा बोल्दै गरेको जस्तो देखिए पनि वास्तबिक कुरा बाहिर ल्याउन अझै डराईरहेका छन् ?
यो नाटकमा देखिएका ६ जना महिला पात्रहरुको उमेरमा लगभग समानता भेटियो। उनिहरु ‘यङ’ महिला तथा किशोरी हुन। त्यसैले आफ्नै कथाहरु भने। अथवा भनौ जवान योनिका कथाहरु भने। यहाँ अन्य थुप्रैखाले योनिहरूछुट्नु स्वभािवक थियाे ।
यस कथामा पुरुषको पक्षबाट पनि यो बिषयवस्तुलाई केलाउने र छलफल गर्ने जमर्को गरेको पाईयो । यो प्रस्तुतीले सबै पुरुषलाई आफु अनुभुत गरायो। कतै हसायो त कतै सोच्न बाध्य बनायो। यो पक्ष भेजाइनाका गन्थनमा अत्यन्तै सबल बनेर देखापर्यो । सँगसँगै यसले दोहोरिएर आईरहेको लामो र बोरिङ्गङ गन्थन बाट दर्शकलाइ रिफ्रेस गर्ने प्रयास गर्यो।
अहिलेको जल्दाेबल्दाे ईस्यु, निर्मला पन्तकाे वास्तबिक घटनालाई बिचबिचमा छिराएर जबरजस्ती नाटकलाई बलियो बनाउछु भनेर गरिएको प्रयास “जिराफ यसरी बनेको हो” भन्ने कथा सँग कता-कता तुलना गर्न मिल्ने किसिमको भएको छ। किनभने दुर्गा कार्कीको सो लेख नै बिभिन्न पक्षबाट विवादको घेराभित्र तानिएको छ। यसरी सत्यलाई तोडमोड गरिएको कथाले जनतामा भ्रम सिर्जना गर्न सक्दैन ? यसको प्रभाब धेरै परसम्म फैलन सक्छ, यस प्रकृतिको कथा योनीका कथाभित्र समावेश गर्दा बिषयवस्तुको गम्भिर्यताप्रति कस्तो प्रभाव पर्छ ? भन्ने आकलन गर्न सकिन्छ। निर्मलाको ठाउँमा अर्को नाम तथा त्यो भन्दा धेरै गहिरो फिक्सनल कथा घुसारेरा पनि प्रभावकारी रुपम भन्न खोजेको कुरा भन्न सकिन्थ्यो।
यहाँनिर, योनिका कथाहरु भाग चार ल्याउदै गर्द लिङ्गहरु बढी सकृय भएको देखिन्छ । ब्रोसरमा ठुला अक्षरमा पुरुषहरुको धेरै नाम देखिएको छ । अब, कथा हेर्दै जाँदा कता-कता त्यो भान पनि हुन आउछ, जसले शीर्षक सार्थकतामा नै प्रश्न खडा गर्छ । तर पनि अन्त सम्म हेर्दा सेन्टर थिमले यो कुरालाई बिर्साउने प्रयास गर्छ।
यसलाई समाबेशी बनाउनका लागी गरिएका केहि प्रयाशहरु सह्राणिय छन। समाजमा महिला र पुरुष मात्रै हुन्छन र हुनुपर्छ भन्ने सामाजिक मान्यतालाई बिस्तारै यो कथाले नयाँ लिंगहरु पनि चिनाएको छ।
ड्रामाको आधारभुत तत्वको चिरफारः
प्लट, क्यारेक्टर, सेटिङ्ग र सिम्बोलिजम
समाजमा धेरै प्रकारका महिला हिंसा देखाईनु पर्ने चुनौति भएका लेखक तथा निर्देशकले “ड्रमा विदीन ड्रमा” तथा “मोनोलग” लगाएतका शैलिहरु मार्फत यो कथा प्रस्तुत गर्ने जमर्को गरेका छन। यो ड्रामाका प्लटको कुरा गर्दा दर्शकले, सुरुवाती चरण, राईजिड अ्याक्सन, कन्फिलिक्ट, क्लाईमिक्स र फलईङ अ्याक्सन र अन्तमा समस्याको हल नभेट्न सक्नेछन। बरु यो नाटक कन्फिलीक्ट मै सकिन्छ। नाटकको टेक्निकल कुराहरुमा कहि-कहिँ अल्मलिएको देखिन्छ। त्यसैगरि नाटकको प्रस्तुति शिल्प एउटा स्टोरिबाट अर्को स्टोरिमा जम्प गर्दा कतै-कतै ‘जर्क’ जस्तो पनि देखिएको पाईन्छ। यसमा सुरुवातमै लेखक र डाईरेक्टरले आफुहरु पुर्ण नभएको र कमि-कमजोरी सुधार्नेगरि गल्ती गर्ने अनुमति मागेका छन। भनिएको छ, यो नाटक नभएर अभियान हो। तर यस्ता कुराहरुले लेखक र डाईरेक्टरलाई मात्र नभई समग्र नाटक क्षेत्रको प्रभाव पार्दछन भन्ने कुरा बिर्सन हुँदैन। तर यसलाई हामीले नयाँ प्रयोग वा खोजपुर्ण नाटकको रुपमा भने ब्याख्या गर्न सक्छौ।
अतः यो योनीका कथाहरु महिलाहरुले आफु र आफ्नो समस्या चिनेर त्यसलाई केलाउदै पितृसत्ताबाट उम्कन गरेको एउटा प्रयास हो भनेर लिन सकिन्छ। त्यसैगरी यसलाई पोष्टमोडर्न समयको गतिलो उत्पादन तथा कमजोरी सहितको आटिलो अभिब्यक्ति पनि भन्न सकिन्छ। यसले दबिएका र बोल्नैपर्ने कुराहरु बोल्ने जमर्को गरेको छ । योनी जस्तो प्राईभेट कुरलाई बहसाम ल्यएको छ । यसले ब्याङग्यात्मक रुपम महिला बलात्कृत हुनेकारण महिला नै दोसी छन किनभने उनिहरुले नै पुरुष जन्माउ छन् र उनिहरुसंग योनि हुन्छ भनेको छ। र अर्कातिर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महिलाहरुलाई हेप्न, पुजा गर्न भन्दा पनि दाम्लो खोल्न पुरुषप्रधान समाजलाई आग्रह तथा चुनौती प्रश्तुत गरेको छ।
नेपालमा यो अभियान समयको मागभन्दा निकै ढिलो सुरु भएको कुरा जगजाहेर छ र पनि अझैपनि लजाएको जस्तो देखिएको कुरा बौद्धिक दर्शकले अनुभुत गरेका छन। कथाले मागीसक्दा पनि डाईलोग दिन स्कृप्ट डराउनु हाम्रो समाजको ऐना पनि हुनसक्ला! तर, यो अभियानलाई प्रभावकारी तथा उपलब्धिमुलक बनाउन लेखक तथा निर्देशक समावेशी हुदै समस्या समाधान को बिकल्प सहित प्रस्तुत हुनसके यो समाज परिवर्तनको लागि सहयोगी हुनसक्छ र कानून निर्माण तह, राज्य सत्ता सञ्चालन तहका नेत्तृत्वकर्तालाई आवश्यक समान चेत विकासको लागि सहयोगी हुनसक्छ।
अन्त्यमा:
नाटक सकियो पर्दामा । अनि सुरुभयो मगजमा ! साथीसँग बिदा मागेर मैले आफ्नो बाटो तताएँ। साझ झमक्क छ, दरबार स्क्वायरमा नानाथरिका मानिसहरु चिया खाँदैछन। तर आज मलाई चिया प्रति सधैकोजस्तो प्यास छैन । लम्किदै गर्दा दिमागमा बाल्यकाल आयो, आमा आईन, बा आए बैनि आई, दिदी आई, पल्लो गाँउका काका आए (जो नेता भए बलत्कार काण्डपछि), अनि पल्लागाउँकी बिधवा काकी आईन। आईरहे यसैगरी दिमागमा।
म आईपुगे दरबार मार्ग नजिकैको आकाशे पुलमा। ढकमक्क फूलेका छन ज्याकरन्डा। सुन्दर फूलहरु हावाँ आएपछि बरर . . . झर्दा रहेछन, सामुहिक आत्माहत्या गरेको जस्तो। मन मगज थर्थराएको छ। म यसरी कहिल्यै सोच्दिन थिएँ। म, मलाई मात्र केन्द्रमा राखेर सोच्थे। म आज बैनि-दिदी र आमालाई सोच्दैछु, आफुलाई पनि उनिहरुको ठाउँम राखेर। यो नाटकले कता-कता दिमागलाई कहिले उल्टो दिशामा त कहिले मैले नदेखेको अर्को नयाँ ठाउमा घुमायो। नयाँ चेतले मेरो सोचाईको पुरानो चस्मा खोल्दिएको छ। आज मलाई आफुले धेरै समयदेखी जानी-नजानी गरेको ब्यवहार गलत भएको अनुभूत भयो, सबै चित्रहरु दिमागमा आएर होहल्ला गर्न थाले। के यसलाई नाटकको सफलता भन्न मिल्दैन र ?