छुटेका कुरा–
नेपाली सङ्गीत आकाशमा स्थापित गायिका अस्मिता अधिकारी र उदयमान गायक मनोज खनालको स्वरमा रहेको खोलीको पानी बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ ।
गीतमा नेपाली साहित्यका अनेक आयामहरूमा कलम चलाउने गीतकार विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको सङ्गीत रहेको छ । गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन। समारिका ढकाल र प्रिन्स विश्वकर्माको अभिनय रहेको गीतको भिडियोमा साजन कट्टेलको निर्देशनमा रहेको छ। दोधारमा रहेकी आफ्नी प्रेमिका सँगको भलाकुसारीलाई गीतमा उकृष्ट ढङ्गले प्रस्तुत गरिएको छ। मौलिकतामा आधारित उक्त गीत सरोज पोखरेल नामक युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियाे –