२५ असोज २०८१ , शुक्रबार

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०


 

काठमाडौं ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ ।

यसअघि विक्रम संवत् २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । यो दश वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ ले बढेको छ ।

यसपटकको जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ ।

यसपटकको जनगणनामा पुरुषको संख्या महिलाको तुलनामा कम छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो ।
नेपालमा विक्रम संवत १९६८ सालदेखि जनगणना गर्न थालिएको हो । त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३९ हजार रहेको थियो ।


Leave a Reply

Your email address will not be published.