१७ मङि्सर २०८१ , सोमबार

नेपालमा भूकम्प: सन् १२५५ देखि वि.सं.२०७२ बैशाख १२ सम्म


छुटेका कुरा–

भूकम्प के हो ?

पृथ्वीको गर्भमा सञ्चित भइरहेको शक्ति उर्जा जमिन हल्लिएर वा जमिनमा आउने कम्पनबाट एक्कासि बाहिर निस्कँदा पृथ्वीको सतहमा उत्पन्न हुने तरङ्ग युक्त कम्पनलाई भूकम्प भनिन्छ। विशेष गरी भूकम्प पृथ्वीको पर्वत श्रेणी वरपर आउने गर्दछ।

विश्वमा भूकम्प 

विश्वको पहिलो भूकम्प चीनको साङ्डोङ्मा इशापूर्व १८३९ मा गएको थियो। विश्वको सबैभन्दा ठुलो भूकम्प ९.५ रेक्टर स्केलको हो, जो चिलीमा सन् १९६० मा गएको थियो। विश्वकै सबैभन्दा धेरै भूकम्पीय जोखिम भएको देश आर्मेनिया हो। विश्वमा सबै भन्दा कम भूकम्पीय जोखिम भएको देश रसिया हो। सन् २०११ मार्च ११ तारिखमा जापानमा ८.९ रेक्टर स्केलको भूकम्प र त्यसपछिको सुनामीले १५८८२ जनाको ज्यान गएको थियो। इन्डोनेसियामा २०१० जनवरी १२ मा ७ रेक्टर स्केलको भूकम्प र सुनामीमा २००००० दुई लाख भन्दा बढी मानिसको ज्यान गएको थियो। भूकम्पको देश उपनामले चिनिने देश जापान हो।

नेपालमा भूकम्प

राजा अभय मल्लको पालामा सन् १२५५ मा काठमान्डौ उपत्यकामा गएको ७.७ रेक्टर स्केलको भूकम्पमा एक तिहाइ जनको ज्यान गएको थियो। राष्ट्रिय भूकम्प प्रविधि समाजका अनुसार नेपालमा विक्रम संवत् १८९० मा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालमा वि.स. १९९० माघ २ गते सङ्खुवासभाको चैनपुर केन्द्रबिन्दु भएर ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो। जुद्ध शमशेर प्रधानमन्त्री भएको समयमा गएको उक्त भूकम्पमा १६८७५ जनाको मृत्यु भएको थियो। त्यसपछि वि.स. २०४५ साल भदौ ५ गते उदयपुरलाई केन्द्रबिन्दु बनाइ गएको ६.५ रेक्टर स्केलको भूकम्पमा परी ७२१ जनाको ज्यान गएको थियो। त्यसपछि वि.स. २०६८ असोज १ गते गएको भूकम्पमा परी १० जनाको ज्यान गएको थियो। त्यसै गरी, २०७२ साल वैशाख १२ गते अर्थात् सन् २०१५ अप्रिल २५ तारिखका दिन ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। जसमा ८९६४ जनाको ज्यान गएको थियो भने २१९५२ जना घाइते भएका थिए। शनिवारको दिन ठिक ११ः५५ मा गएको यो भूकम्पको केन्द्रबिन्दु गोरखा जिल्लाको पूर्व बारपाकमा रहेको थियो। भूकम्पीय जोखिमको आधारमा नेपाल विश्वको एघारौं जोखिमयुक्त देशमा पर्छ। नेपालमा वि.स. २०५५ साल माघ २ गते देखि “माघ९२” लाई भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ।

भूकम्प सँग प्रयोगमा आउने शब्दावली

भूकम्प हुँदा पृथ्वीको सतह तलमाथि वा दायाँबायाँ भएर थर्कने गर्दछ। तलमाथिको कम्पनलाई भर्टिकल क्वेक vertical Quake भनिन्छ भने दायाँबायाँ भएर कम्पन हुने प्रक्रियालाई हरिजेंटल क्वेक Horizontal Quake भनिन्छ। भूकम्पको तीव्रता, भुकम्पकको उत्पत्ति स्थान, भूकम्पको वेग, भूकम्प फैलावट जस्ता भूकम्पीय प्रक्रियाहरुलाई नाप्ने यन्त्रलाई सिस्मोग्राफ Seismograph भनिन्छ। भूकम्पको उत्पत्ति केन्द्रलाई हईपोसेन्टर Hypo-center वा Focus point भनिन्छ। भूकम्पको कम्पन सबैभन्दा पहिला आइपुग्ने धर्तिको सतहलाई इपिसेन्टर Epicenter भनिन्छ। भूकम्प सम्बन्धी अध्ययन गर्ने विषयलाई सिस्मोलोजी Seismology भनिन्छ। इन्टेन्सिटि Intensity र म्याग्नीच्युट Magnitude विधि प्रयोग गरी भूकम्प कति ठुलो र कति शक्तिशाली थियो भनी मापन गर्न सकिन्छ। पृथ्वीको भित्री केन्द्र हईपोसेन्टर Hypo-center बाट भूकम्पको उत्पत्ति हुन्छ। यसरी हईपोसेन्टरबाट उत्पत्ति भएको कम्प पृथ्वीको सतहमा आई पुगेको बिन्दुलाई इपिसेन्टर भनिन्छ। मर्कालो एकाइले भूकम्पबाट भएको जनधनको क्षति मापनको सुचान्कको काम गर्छ। क्षैतिज कम्पन होरिजेन्टल Horizontal Quake  यो प्रकृतिको कम्पन बढी विनाशकारी हुन्छ । जमिनको सतह भन्दा ५० माइल अर्थात् ८० किलोमिटरसम्म भूकम्प जान्छ। सिस्मोग्राफले भूकम्प आउने समय भने देखाउन सक्दैन। भूकम्पको म्याग्निच्युड नाप्ने स्केललाई रेक्टरस्केल Richter Scale भनिन्छ। भूकम्पको म्याग्निच्युड मापन विधि पहिलो पटक चार्ल्स एफ रेक्टर Charles F.Richter ले पत्ता लगाएका हुन्। भूकम्पको ईन्टेंसीटि Intensity लाई मोर्डीफाईड मर्काली इन्टेनसिटी स्केल Modified Intensity Scale ले नापिन्छ।

ड्रप कभर एन्ड होल्ड Drop Cover and Hold

भूकम्प आउँदा स्व व्यवस्थापन गर्ने उपाय ड्रप कभर एन्ड होल्ड Drop Cover and Hold एक विश्वव्यापी मान्यता हो। जसमा, Drop भनेको दुवै कुइना टेकेर थचक्क बस्ने, Cover भनेको ओत लाग्नु र Hold भनेको समात्न भन्ने हुन्छ।

सुनामी 

भूकम्प आउदा भूकम्पको केन्द्रबिन्दु समुद्र भित्रनै पर्न गएमा समुद्रको पानी खल्बलिन जान्छ। जसको फलस्वरूप समुद्र किनाराका तटीय क्षेत्रहरुमा शक्तिशाली र अग्ला पानीका छालहरु पैदै हुन्छन जसलाई सुनामी Tsunami भनिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *