छुटेका कुरा–
“दिदी केही दिन भयो मन चङ्गा भएको । मनसँगै शरीर पनि फुर्तिलो लाग्न थालेको छ । अस्तिसम्म केले थिचेजस्तो, कसैले झम्टिन खोजे जस्तो लाग्ने शरीर पनि हलुङ्गो भएको छ । अनि की दिदी, मैले पहिलेको कुरा सप्पै बिर्सिसकें नि ! अब त तपाईंले भनेजस्तै खुसी भइराख्ने हो अनि मैले भनेजस्तै ड्राइभर बन्ने हो । सबैले अचम्म मान्छन्, तर किन दिदी मलाई गाडी नै कुदाउन मन लागेको ?”
सृष्टीको कुरा सुनेर म टोलाउन थालेछु ।
सृष्टी,
खै कसरी आफ्नै नाम जस्तै पुन सृष्टी गरिन उनले आफ्नो भाँचिएको जीवन ?
१४ वर्षकी कलिली बच्ची थिई । एक दिन उसले चलाउन खोज्ने गाडीमा म पनि ऊ जस्तै यात्रु बनेर चढेकी रहेछु । गाडीमा चढ्दा मात्रै रिंगटा लागेर बान्ता हुने मान्छे म, ऊ भने अगाडि बसेर गुरुजीले गाडी कुदाउँदा गरेका प्रत्येक क्रियाकलाप एकतमासले हेरिरहेकी थिई । मज्जा लिइरहेकी थिई । मेरा आँखा उनै सृष्टीमा परेका थिए । मैले पनि एकनासले हेरिरहें । निलो सर्ट, निलै फ्रक, कालोसेतोे धर्के टाई अनि कालो जुत्ता लगाएर छोटो कपाल सेतो रिबनले बाटेकी केटी ।
सिटबेल्ट बाँध्दा होस्, स्टेरिङ घुमाउँदा होस्, गियर चलाउँदा होस् या ब्रेक लगाउँदा होस् ऊ गुरुजीका हात, गोडा र आँखामा एकोहोरो हेरिरहेकी हुन्थी । मलाई त्यसले तानिरहेको थियो । तानुन्जेल हेरें । एकै छिनमा मलाई बान्ता आइहाल्यो । टाउको उठाएर यसोमाथि हेरें , त्यही सानी केटी मेरो छेउमा आएर बसेकी रहिछे ।
– “यी दिदी पानी । हाम्रो हजुरआमालाई पनि तपाईंलाई जस्तै हुन्छ ।”
– “ओहो म त तपाईंको हजुरआमा जस्तै पो रहेछु है ।” हाँस्दै उसलाई जिस्क्याएँ । ऊ केही बोलिन, तर मलाई ऊसँग बोल्न मन लागेको थियो ।
– “कति राम्रोसँग हेर्नुभएको, अरूले गाडी कुदाएको । तपाईंलाई पनि गाडी चलाउन मन छ हो ?”
– “अँ..अँ हो । तपाईंले कसरी थाहा पाउनु भयो ? ” अलि हिचकिचाउँदै अनुहार खुम्च्याएर उसले जवाफसँगै प्रश्न थपेकी थिई ।
– “यसै अनुमान लाएर नि ! स्कूलबाट घर फर्किनु भएको हो ?” मैले पनि जवाफसँगै प्रश्न थपें ।
डाक्टर, इन्जिनियर, शिक्षक, पाइलट अरुअरु थुप्रै आकर्षक पेसाहरू यो उमेरका बच्चाका सपना हुन्छन् । सुनेकी थिएँ, देखकी थिएँ । अझ आठ, नौ कक्षा पढ्दादेखि नै आजभोलि त, जापान, अमेरिका र अष्टेलिया पढ्न गएर उतै सेटल हुने हो भन्ने कलिला नानी बाबुलाई पनि देखेकी थिएँ । दुःख लाग्थ्यो, अचम्म पनि । तर अरूभन्दा सृष्टीलाई अलि फरक देखें । अचम्म त यहाँ पनि लाग्यो । तर यहाँ दुःख लागेन खुसी लाग्यो । यसैले सोधेकी थिएँ ।
– “अँ हाम्रो डेरा यहीं नजिकै हो । त्यो ड्राइभर बन्ने कुरा अरू कसैलाई नभन्नु ल दिदी । कसैलाई थाहा पनि छैन । मान्छेले मन पराउँदैनन्, त्यही भएर नभनेको । अनि मलाई चाहिं तिमी भन्नु है । फेरि भेट होला नहोला, म तपाईंको बहिनी जस्तै हो । त्यो चाहिं अरूलाई मन परोस् नपरोस् मलाई मन पर्छ ।” त्यस बेला ऊ यत्ति भनेर गाडीबाट ओर्लिएकी थिई । यत्तिकैमा हाम्रो चिनजान पनि भएको थियो ।
कति मिठो गरी बोलेकी । कति फरक सपना यो केटीका । मलाई उसले हाँस्दै भनेर गएको कुराले अझै मुस्कुराउन मन लागिरहेको थियो । गाडीको झ्यालबाट यसो चिहाएर हेरें , उ निकै पर पुगिसकेकी थिई । म गाडी मै थिएँ । तर मुस्कुराई रहेकी थिएँ । भर्खर मास्टर्स सकेर नयाँ काम थालकी छु । पढाउने काम । ठुला मान्छेलाई पढाउँछु म, तर सानी मान्छेले मलाई एकै छिनमा धेरै पढाएर गएजस्तो लाग्यो । एक पटक तपाईं भनेपछि हत्तपत्त तिमी भन्न या भनी राखेको साइनो फेर्न नसक्ने म, सोचें यो केटीलाई भेटें भने चाहिं पक्कै तिमी नै भन्नेछु ।’
दिन यसै बित्दै थिए । विद्यार्थिहरुका कुरा सुनेर, त्यो भन्दा धेरै आफ्ना कुराहरू सुनाएर ।
केही दिनपछिको कुरा हो । म फेसबुकको टाइमलाइन स्क्रोल गरिरहेकी थिएँ । एउटा अनलाइनको पोस्टमा मेरा आँखा अडिए । नमिठो समाचार थियो – “तीन जना शिक्षकको समूहद्वारा एक बालिकाको सामूहिक बलात्कार”
तीनै जना शिक्षक बालिका पढ्ने विद्यालयका रहेछन् ।
उफ् ! कस्तो कुकृत्य गर्छन् मान्छेहरूले । अहो ! त्यसमाथि पनि समाज र जिन्दगी सिकाउने शिक्षकहरूको त्यत्रो समूहले । सानी बच्चीमाथि गिद्धे नजर लाउने ती पापीहरू मान्छे नै हुन् त ?
बालिका अरू कोही नभएर त्यही सानी सृष्टी रहिछे । हतारिएर उसलाई लगिएको जिल्ला अस्पताल गएँ । उसलाई राखेको कोठामा पुगें । त्यही सृष्टीको शरीर बेडमा लडिरहेको थियो । त्यो निर्दोष अनुहार हेरें । निन्याउरो मुख लाएर मैला लुगा लगाएकी एक जना अधबैंसे महिला, सृष्टीको गोडानेर बसेर सृष्टीकै अनुहारतिर हेरिरहेकी थिइन । महिलाको अनुहार रुदारुदा थाकेजस्तो देखिन्थ्यो । आँखामुनि सुकेका आँसुका टाटाहरु लत्पतिएका थिए ।
महिनावारी पनि नभएको शरीर । कति पीडा भयो होला विचरीलाई । छ जनाले त्यसरी चिथोर्दा । कति चिच्याई होला, कति रोई होला बिचरी ? रगताम्मे शरीर,
कसैले चक्का, कसैले ढोका, कसैले झ्याल, कसैले के गरेर कुद्दाकुद्दैको उसको गाडीरूपी जीवन भाँचिदिएका थिए । सपना त भाँचिए भाँचिए अब कसरी भाँचिएको जीवन जोड्छे होला ? मलाई निकै पिर लाग्यो ।
अनायासै मेरो आँखाबाट आँसु बगेको देखेर नजिकै बसेकी महिलाले भनिन – नानी म रुदारुदा थाकिसकें, मेरी यही एउटी छोरी थिई । यसैलाई ठुली मान्छे बनाउने सपना देखेकी थिएँ । तर गुरुका रूप धारण गरेका राक्षहरुले नै यो हाल बनाइदिएछन् । अब के गर्न सक्छु । मेरा भन्ने कोही पनि छैनन् ।
यती भन्दाभन्दै उनी भक्कानिन थालिन । मलाई सहिनस्कनु भयो ।
सृष्टी १ राम्राे लाग्याे अब २ काे पर्खाइमा छु रेनुकाजीकाे कलम निरन्तर अगाडि बढाेस् शुभकामना ।
धन्यवाद !
सिर्जनाजी ।
प्रतिक्षा गर्नुहोस् ल, अर्को भाग जरुर आउने छ ।
Good job
धन्यवाद ! हजुर
Very nice
धन्यवाद ! हजुर
एकदमै राम्रो लेख दीदी हजूर।
Keep writing Didi
सारै हृदयस्पर्शी पढेर मन भावुक भयो । यसरी नै लेख्दै जानुस रेनुका जि शुभकामना । भाग २ को प्रतीक्षामा ।
धन्यवाद ! विनुजी ।
प्रतिक्षा गर्नुस् ल,अर्को भाग जरुर आउने छ ।
Keep goingkeep growing ❣️
हस ।
Keep supporting.
उत्कृष्ट
धन्यवाद ! हजुर
welcome hajur
hawas
Ramro lagyo . Lekhnelai dhanyawad
धन्यवाद ! हजुर
Keep going, keep growing ❣️
हस । keep supporting ❣️
Dheraii ramro renuka ❤️
Arko part ko parkhaema❤️
हस । धन्यवाद अंकु । छिटै आउनेछ ।
Dheraii ramro renuka❤️
Arko part ko parkhaema
धेरै राम्रोकुरालाइ समेटेर लेखेको छेस्। अर्को भाग पनि छिटै पढ्न पाइयोस्
हस धन्यवाद !
छिटै आउनेछ ।
बधाई छ सृष्टी एक दम राम्रो लाग्यो आगामी दिनमा रेनुकाजीकाे कलम निरन्तर अगाडि बढाेस् धेरै धेरै शुभकामना ।
सृष्टी एक दम राम्रो लाग्यो आगामी दिनमा रेनुकाजीकाे कलम निरन्तर अगाडि बढाेस् शुभकामना ।
धन्यवाद सुरेशजी । ❤️❤️❤️❤️मिठो प्रतिक्रियाका लागि ।
दुई पढेपछि एकपनी पढ्न मन लाग्यो । कति राम्ररी लेख्नुहुन्छ तप।
Kati ramro katha.
dhanyawad
Ramro chha
Dhanyawad .
धन्यवाद सुरेशजी । ❤️❤️❤️❤️मिठो प्रतिक्रियाका लागि ।
Waw