आर्थीक संकट जसलाई जतिबेला पनि आउन सक्छ ।
भरपर्दा योजना नभएकाहरु सधै संकटको जोखिममा हुन्छन् भने आर्थीक मन्दी र महामन्दीको समयमा भने जो कोही पनि यसबाट उम्कन सक्दैनन् ।
वर्तमान समयमा हामी कोभिड र यसको प्रभाव भाग्दैछौ । यो अभूतपूर्व परिस्थितिका बिषयमा ठूला दार्शनिक र राजनैतिक बहस, विश्लेषणहरु नभएका होईनन् तर कुराले चीउरा भिजेन, पानी खाएर बाचिरहेका गरिबहरुलेको सास अड्याउन सकेन् । यो कठिन परिस्थितिमा हाम्रो जस्तो मुलुकमा आफुसँग भएको पैसामा कसरी सास अड्याउदै शाहस बटुल्ने ?
आजको छुटेका कुरामा हामी संकटको घडिमा बाच्ने शिप सिकौंं ।
१. आर्थीक संकटको अवस्थामा तत्काल सहयोग तथा ऋण आदान–प्रदान गर्न सक्नुपर्छ । गास, वास र कपास जस्ता अत्यावस्यकतालाई महत्व दिनुपर्छ भने अनावस्यक इच्छालाई पन्छाउन सक्नुपर्छ ।
२. दैनिक गुजारा चलाउन सक्ने भएपछि योजनानुसार काम गर्न सुरु गर्नुपर्छ तर विर्सनै नहुने कुरा भनेको – कसरी हप्ता वा महिनामा किस्ता घटाउदै लैजाने ? कस्ता योजनाले यो काम पुरा हुन्छ ? भनेर तयारी गर्नुपर्छ हैन भने ऋणको भारी बोकि नसक्नु हुनसक्छ ।
महात्मा गान्धी भन्नुहुन्थ्यो “पृथ्वी आफुमा आश्रीत सम्पुर्ण मानव जातिको आवस्यकताका लागि पुग्दो छ, तर कसैको लोभका लागि हैन्” । यसर्थ संकटको घडिमा सहयोग आदान–प्रदान गरेर बाच्दै बचाउने तत्परता देखाउ ।
३. कमाउन नसकिएको बेला खर्च घटाउनु पनि कमाउनु स्वसरह मानिन्छ । फजुल खर्च घटाउन धेरै उपायहरु अपनाउन सकिन्छ । जस्तै मौसमी तरकारी तथा फलफूलहरु उपभोगमा जोड दिने, थोरै खाए पनि पोशिलो खानेकुरा खाने, आफैले उत्पादन गरेको स्वदेशी बस्तुको उपभोगमा बढाउने, मनोरञ्जनका योजनाहरु कटौती गर्ने आदी । तर, पैसा बचाउने नाममा आफ्नो स्वास्थ्य अवस्थानै विग्रीने गरि भोकै बस्नुभने हुँदैन । यसो गर्दा उल्टै खर्च बढ्नसक्ने जोखीम बढ्छ ।
४. समय सँधै महत्वपूर्ण छ । त्यसैले यो संकटमा अनावस्यक काममा समय बर्बाद गर्नु हुँदैन । यो समय तत्काल नगद बनाउन सक्ने कामहरुमा लगानी गर्नुपर्छ ।
५. आफ्नो क्षमता, संभाबना र बजारको मागको आधारमा रणनितिक योजनाहरु बनाउनुपर्छ । र बजार मागको अनुसार आफुमा कमी देखिएका सिपहरु सिकेर कामका लागि तयार हुनुपर्छ ।
एकपटक राम्रो योजनाहरु बनाईसकेपछि यसलाई लागु गर्न आवस्यक कदमहरु चालिहाल्नुपर्छ । पैसाको अभावले उत्पन्न तनाव सामना गर्न तरिका भनेको समस्या समाधानमा ध्यान केन्द्रित गर्दै काम सुरु गर्नु नै हो ।
६. जस्तो परिस्थितिमा पनि सकारात्मक रहने र जीवनमा आईपर्ने माग तथा चुनौतिहरुसँग प्रभावकारी ढङ्गले सामना गर्ने सकारात्मक बानी र जीवन उपयोगी सिपहरु सिक्ने, यसले तपाईलाई जीवन पर्यन्त साथ दिनेछ ।
बचत र लागानी
अत्यावश्यक ठाउँमा खर्च गरिसकेपछि बचत तथा लगानीको लागि तयार हुन सक्नुपर्छ । बचत तथा लगानीले आन्दानी बृद्धि गर्न र भविश्यको सुरक्षाको लागि अनिवार्य सर्त हो । यसले निष्कृय आन्दानीको रुपमा तपाईको बचतलाई धेरै माथी पुर्याउने क्षमता राख्छ । सेयर बजारमा (सुरुवातमा आई.पी.ओ.र सेकेन्डरी मार्केट), ईन्सुरेन्स आदी जस्ता क्षेत्र यसभित्र पर्दछन् ।